एओजी राइडमा फोकस हुँदै टीभीएस, काठमाडौंदेखि धनगढीसम्म गर्न सफल

<p>काठमाडौं । दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा &#8216;आपाचे ओनर ग्रुप&#8217; (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । कम्पनीले भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रा. लि.देखि स्टेट ७ होटल गोदावरीसम्म उक्त राइड आयोजना गरेको हो । जसमा ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा युटुवर [&hellip;]</p>

काठमाडौं । दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । कम्पनीले भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रा. लि.देखि स्टेट ७ होटल गोदावरीसम्म उक्त राइड आयोजना गरेको हो ।

जसमा ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागीता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

Share News