प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले घटेर ९४ हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले घटेर ९४ हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार १४५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News