ब्रोकर थप्न आवश्यक छ : सीईओ कार्की

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले अहिले ब्रोकरको संख्या थप्नु पर्ने आवश्यकता देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले ब्रोकरको संख्या थप्नु पर्ने आश्यकता देखिएको धारणा राखेका हुन् । ‘अहिले बजारले थप ब्रोकर मागेको छ, अहिले भएको ब्रोकरले थप सुविधा दिन सक्दैनन्, पूँजी बजारको विस्तारका [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले अहिले ब्रोकरको संख्या थप्नु पर्ने आवश्यकता देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले ब्रोकरको संख्या थप्नु पर्ने आश्यकता देखिएको धारणा राखेका हुन् ।

‘अहिले बजारले थप ब्रोकर मागेको छ, अहिले भएको ब्रोकरले थप सुविधा दिन सक्दैनन्, पूँजी बजारको विस्तारका लागि ब्रोकरको आवश्यकता देखिन्छ, शाखा पनि विस्तार गर्नु पर्छ,’ उनले कार्यक्रममा भने ।

यस्तै, उनले प्रणाली र कानुन सबै लगानीकर्ताले बुझ्ने खालको हुनु पर्ने धारणा पनि राखे । वर्तमान कानुनमा धेरै समस्या भएको कारणले यसमा स्पष्टताको खाँचो परेको धारणा राखे ।

Share News