काठमाडौं । बीमा समितिले कोरोना बीमाको पैसा अर्को साता पाइने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमितले अर्को साता पैसा पाउने बताएको हो ।
‘कोरोना बीमाको पैसा अर्को हाप्ता भित्र आउन सक्ने सम्भावना बढी छ, हामीले अर्थमन्त्रालयलाई कोरोना बीमाको पैसा तत्काल पठाउन आग्रह गरेका छौं, हालका लागि एक अर्ब पैसा पठाउन आग्रह गरेका छौं, यस विषयमा अर्थ सचिबसँग छलफल भैसकेको छ,’ बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले भने ।
सरकारले कोरोना बीमा वापत ११ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।