काठमाडौं । ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले नेपालमै भएको स्रोत साधनलाई सही सदुपयोग गरेमा विदेशी सहयोग आवश्यक नपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले नेपाली स्रोत साधनलाई सही सदुपयोग गर्नु पर्ने धारणा राखेका हुन् ।
‘नेपालमा भएको स्रोतलाई प्रयोग गर्ने हो भने पूँजी बजारको बिकास गर्न सकिन्छ, विदेशी सहयोग पनि आवश्यक पर्दैन,’ उनले भने ।
यस्तै, उनले नेपाली पूँजी बजारको विकासका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखेका छन् ।