काठमाडौं । एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल इन नेपालका अध्यक्ष मनोज शाहीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पारदर्शीतामाथि प्रश्न गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेप्सेको पारदर्शीतामाथि प्रश्न उठाएका हुन् ।
‘नेप्सेको वित्तीय विवरण खोज्दा वेबसाइटमा भेटिँदैन, नेप्सेले कति नाफा नोक्सान गरेको छ भनेर जानकारी सबैलाई छैन, वेबसाइटमा पनि पुरानो कुनै तथ्यांक भेटिँदैन, वेबसाइटमा सबै विवरण नभेटेपछि लगानीकर्तालाई सहि सूचना पाउन गाह्रो छ, नेप्सले पारदर्शी हुनु पर्छ,’ उनले भने ।
यस्तै, उनले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग प्रयाप्त पूँजी भएको र लगानी गर्न सक्ने क्षमता भएको भएपनि वित्तीय साक्षरता र वित्तीय पहुँच गर्न कन्जुस्याइँ गरेको धारणा राखे ।