काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण आचार्यले आफु आएपछि धेरै समस्याको समाधान भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै पहिले धेरै प्राविधिक समस्या आउने गरेको भएपनि आफु आएपछि ती समस्या समाधान भएको बताएका हुन् ।
‘अहिले पहिलाको जस्तो समस्या हुँदैन, सिडिएससीले प्राबिधिक समस्या कम गरेको छ, हामी अझै पनि समस्याको समाधान गर्ने रणनीतिका साथ काम गरिरहेका छौं,’ उनले भने ।
उनले ९ अर्ब ८७ करोड सेयर सूचीकृत कम्पनीको सेयर डिम्याटमा रहेको बताउँदै यो कूल सेयको ८७ प्रतिशत भएको बताए ।
यस्तै, उनले ७७ वटै जिल्लामा डिम्याट खाता खोल्ने पुगेको बताएका छन् । उनका अनुसार डिम्याट खाता खोल्न आह्वान नगर्दा पनि संख्या बढ्दो छ ।