बाबुराम भट्टराईलाई अध्यक्ष हमालको काउन्टर : सेयर बजार जुवाघर होइन, बुझाइ कम भयो

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोलदै उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भनेपछि यो विषयले बेला [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोलदै उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् ।

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भनेपछि यो विषयले बेला बेला चर्चा पाउने गरेको छ । आइतबार अध्यक्ष हमालले पनि सो विषयलाई काउन्टर गर्दै यस्तो बताएका हुन् ।

‘पूँजी बजारलाई जुवा घर भन्नू गलत बुझाइ हो, पूँजी बजार अध्ययन, हिसाबकिताब, विश्लेषण, क्याल्कुलेशन गरेर लगानी गर्ने क्षेत्र हो, पूँजी बजार जुवा घर भन्नू गलत हो, यस्तो भन्नु बुझाइको पनि कमि हो,’ अध्यक्ष हमालले भने ।

सेयर बजारको विषयमा विभिन्न समयमा विभिन्न नेताहरुको अभिव्यक्तिले आलोचित हुने गरेका छन् । माओवादी नेतृत्वको पहिलो सरकार बनेका बेला बाबुराम भट्टराई अर्थमन्त्री बनेका थिए । त्यस बेला उनले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसबेला सेयर बजार नियामक धितोपत्र बोर्डका अध्यक्ष रहेका चिरञ्जीवी नेपालले अर्थमन्त्रीसँग असहमति जनाउँदै राजीनामा समेत दिएका थिए ।

त्यतिबेलाको अभिव्यक्ती अहिलेसम्म चर्चामा छ । गत वर्ष मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललको सेयर बजार सम्बन्धि एउटा अभिव्यक्तीले उनलाई विवादमा ल्याएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा र अर्थमन्त्री बन्दा समेत डा. युवराज खतिवडाले दिएको अभिव्यक्ति समेत विवादित बनेको थियो ।

उनले पनि सेयरर बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए । कतिपय लगानीकर्ताले त्यसको विरोध पनि जनाएका थिए । खतिवडाले “सट्टेबाजका कारण सेयर बजार सुन्निएको अर्थतन्त्रको ऐना“ जस्तो बनेको अभिव्यक्ती दिएका थिए । त्यस कारण पनि उनी विवादमा तानिएका थिए ।

यी विभिन्ज प्रशंगहरुलाई स्ममरण गर्दै आइतबार अध्यक्ष हमालले सेयर बजार जुवाघर नभएको तर्क राखेका हुन् । उनले आफु निजी क्षेत्रबाट बोर्डको अध्यक्ष बनेको बताउँदै सबैको समस्या समाधानका लागि आफु लागि परेको बताए ।

यस्तै, उनले बिश्वास बढेपछि मात्रै पूँजी बजारको बिकास गर्न सकिने बताउँदै पूँजी बजारमा बिश्वास नै नभएको तर्क राखे । उनले इक्विटी भेन्चरको लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको बताउँदै एक साता भित्रमा थप ७ वटा लाई अनुमति दिने बताए ।

‘बजारमा मोनोपोली हुनु हुँदैन, फेयर प्रतिस्पर्धा हुनु पर्छ, हामीले सीआश्वा शुल्क पनि घटाएका छौँ, रियल सेक्टरका कम्पनी ल्याउनका लागि उसले बजार मूल्य पाउनुपर्छ, ब्रोकरको शाखा खोल्नका लागि बोडले अनुमती दिनु पर्छ भन्ने हुँदैन, यदि योग्य ब्रोकर कम्पनी छ भने उसले आफ्नो क्षमता अनुसार को शाखा पाउनुपर्छ,’ उनले भने ।

यस्तै, उनले डिजिटल प्लेटफर्म धेरै कमजोर रहेको धारणा राखेका छन् ।

Share News