काठमाडौं । सनराइज क्यापिटलले आफ्नो म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो ।
क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत अर्थात् १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।