राप्ती हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

<p>काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ६ लाख १२ हजार ७९३ कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख २८ हजार ६१७ कित्ता र संस्थापकहरुको [&hellip;]</p>

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ६ लाख १२ हजार ७९३ कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख २८ हजार ६१७ कित्ता र संस्थापकहरुको लगानी रहेको ३१ लाख ८६ हजार ५२८ कित्ता सेयर गरी ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयरलाई न्युनतम १०६ रुपैयाँ ३५ पैसादेखि ३१९ रुपैयाँ ६ पैसासम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

कम्पनीको सेयर कारोबार बुधबारदेखि दोस्रो बजारमा आउनेछ । नेप्सेले कम्पनीको सेयरलाई आरएचजीसिएल कारोबार संकेत प्रदान गरेको छ ।

Share News