काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओ आज (भदौ १५ गते, मंगलबार) देखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत आर्थत् ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सकिनेछ ।