काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंकमा बन्द भएको छ ।
बुधबार दिनभरिमा २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर २९ हजार ५८४ पटक किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज अधिकांश सूचकहरुमा राताम्य छाएको छ । बैंकिङ्ग समूह ०.५३ प्रतिशत, ट्रेडिङ समूह १.३२ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.८४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.०२ प्रतिशत, अन्य समूह १.१ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.९१ प्रतिशत, हाइड्रोपावर समूह २.१७ प्रतिशत, फाइनान्स समूह २.४२ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.७ प्रतिशत घटेको छ ।
बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँ र रिडी पावरको ६ करोड ४० लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयर १ लाख २८ हजार ५५ पटक खरिदबिक्री भएको छ ।