काठमाडौं । जीवन बीमा कम्पनीहरुले ८ अर्ब रुपैयाँ बराबरको रकम सेयरमा लगानी गरेका छन् । १८ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् ।
मेटलाइफ बाहेक बाँकी कम्पनीले एक वर्षमा सो मात्राको लगानी गरेका हुन् । जसमध्ये महालक्ष्मी र सन नेपाल लाइफ आक्रामक देखिएका छन् । महालक्ष्मी लाइफले पछिल्लो एक वर्र्षको अवधिमा ४२८.१९ प्रतिशत बढी लगानी सूचीकृत कम्पनीको साधारण सेयरमा गरेको छ ।
अघिल्लो आवमा ९७ लाख ५३ हजार रुपैयाँ मात्रै लगानी गरेको महालक्ष्मीले गत आवमा ५ करोड १५ लाख १४ हजार रुपैयाँ लगानी गरेको समितिले जानकारी गराएको छ । त्यस्तै, प्रतिशतको आधारमा बढी लगानी वृद्धि गर्नेको दोश्रो स्थानमा सन नेपाल लाइफ छ । सन नेपाल लाइफले गत आवमा ३६ करोड ३० लाख रुपैयाँ बराबरको लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१३.२७ प्रतिशत बढी हो ।
समग्रमा जीवन बीमा कम्पनीले गत आवमा सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी अघिल्लो वर्षको तुलनामा भने ३७.२१ प्रतिशत घटी हो । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १२ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।
रकमको आधारमा सबैभन्दा बढी लगानी गर्नेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले गत आवमा मात्रै २ अर्ब ४९ करोड रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने २७.१० प्रतिशतले घटी हो ।
त्यस्तै, १८ कम्पनीमध्ये ९ कम्पनीको लगानी वृद्धिदर बढेको छ भने बाँकीको घटेको छ । सबैभन्दा बढी घटाउनेमा गुराँस लाइफ छ । गुराँस लाइफले एक वर्षमा ८७.६१ प्रतिशत लगानी सेयर बजारबाट झिकेको छ ।
सेयरमा लगानी बढाउनेमा महालक्ष्मी र सन नेपाल लाइफसहित प्राइम लाइफ, यूनियन लाइफ, प्रभु लाइफ, सूर्या लाइफ, रिलायबल लाइफ, ज्योति र सानिमा लाइफ रहेका छन् ।
कुनले कति बढाए ?
