भाडा बस्न घर खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यी १९ ठाउँमा आवश्यक

<p>काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले देशभरिका विभिन्न स्थानमा घरबहालमा लिने भएको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशन गरि उपत्यका र उपत्यकाबाहिर गरि १९ वटा ठाउँमा घरबहालमा लिने बताएको हो । कम्पनीले काठमाडौं उपत्यकाभित्र चाबहिल चोकदेखि चुचेपाटीसम्म, सूर्यबिनायक/जगते/कमलबिनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म र सामाखुसी चोकदेखि गोगंबुसम्म रहेका घर बहालमा लिने भएको छ । यस्तै, [&hellip;]</p>

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले देशभरिका विभिन्न स्थानमा घरबहालमा लिने भएको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशन गरि उपत्यका र उपत्यकाबाहिर गरि १९ वटा ठाउँमा घरबहालमा लिने बताएको हो ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र चाबहिल चोकदेखि चुचेपाटीसम्म, सूर्यबिनायक/जगते/कमलबिनायक, कालिमाटीदेखि कुलेश्वर वा सोल्टिमोडसम्म र सामाखुसी चोकदेखि गोगंबुसम्म रहेका घर बहालमा लिने भएको छ ।

यस्तै, उपत्यका बाहिर झापाको काकडभिट्टा, मोरङ्गको पथरी, सुनसरीको दुहबी, बाराको कलैया र निजगढ, परासीको परासी बजार, दाङको तुलसिपुर, बाँकेको कोहलपुर, सुर्खेतको छिन्चुर, कैलालीको लम्की, अत्तरीया, कास्कीको लेखनाथ, चितवनको पर्सा, धनुषाको महेन्द्रनगर र बाँकेको नेपालगंजमा घरबहालमा लिने जनाएको छ ।

कम्पनीले माथि उल्लेखित स्थानमा कार्यालय सञ्चालनको लागि ५ सयदेखि १ हजार वर्ग फिट सम्मको क्षेत्रफल भएको कार्य स्थल र भवन बहालमा आवश्यक परेको सूचनामा उल्लेख गरेको छ । घरबहालमा दिन इच्ुछुकले १५ दिन भित्र कम्पनीको कार्यालयमा शिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

Share News