मिर्मिरे र बुद्द ज्योति लघुवित्तको एकीकृत कारोबार सुरु, एफपीओ जारी गर्ने

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बुधबार संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो । बनेपामा केन्द्रिय कार्यलय रहेको मिर्मिरे लघुवित्त र रुपन्दर्शीको लुम्बिनीमा रहेको बुद्द ज्योति लघुवित्त भदौ १२ गते राष्ट्र बैंकबाट इजाजत पाएका थिए । [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बुधबार संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हो ।

बनेपामा केन्द्रिय कार्यलय रहेको मिर्मिरे लघुवित्त र रुपन्दर्शीको लुम्बिनीमा रहेको बुद्द ज्योति लघुवित्त भदौ १२ गते राष्ट्र बैंकबाट इजाजत पाएका थिए ।

प्राप्ति गर्दाको स्वाप रेशियो १ : ०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैयाँ भएको छ । एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८, अधिकृत पुँजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १९३ जना र निक्षेप संकलन २ अर्ब ६८ करोड तिन लाख ९ हजार ३ सय अठ्ठाईस भएको छ ।

योसँगै, लघुवित्तले एफपीओ पनि जारी गर्ने सम्बन्धमा बुधबार नै धितोपत्र बोर्डलाई पत्राचार गरेको जानकारी पनि दिएको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकबाट साउन ३० गते संस्थापक समूह र सर्वसाधारण समुहको सेयर स्वामित्व प्रतिशत ७०:३० कायम गर्ने प्रयोजनको लागी एफपीओ जारि गर्ने स्वीकृति पाएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए ।

यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शान्ता केसी कार्कीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको बैठकले कार्कीलाई संचालकमा नियुक्त गरेको हो । यस अघि बुद्द्ज्योती लघुवित्तको संचालक रहेकी कार्की रुपन्देही जिल्लाकी स्थानीय व्यक्तित्व हुन् ।

वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहरा समक्ष आजै संचालक कार्कीले गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेको पनि लघसवित्तले जानकारी दिएको छ ।

Share News