बजार सामान्य घट्दा एनटिसीको सर्वाधिक कारोबार, हिमालयन एभरेष्टको सेयरमा सर्किट

<p>काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०८ अंकले घटेर १९७२.२९ अंकमा बन्द भएको छ । निरन्तर घटिरहेको सेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको हो । यसअघि हिजो बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बिहीबार भने सामान्य अंकले घटेको हो । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । बुधबार नेप्से परिसूचक [&hellip;]</p>

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०८ अंकले घटेर १९७२.२९ अंकमा बन्द भएको छ । निरन्तर घटिरहेको सेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको हो । यसअघि हिजो बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बिहीबार भने सामान्य अंकले घटेको हो । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । बुधबार नेप्से परिसूचक २१.९७ अंकले घटेको थियो ।

यस्तै आज दिनभरिमा २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर २९ हजार १६२ पटक किनबेच हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो बुधबार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बैंकिङ्ग समूह ०.१६ प्रतिशत, ट्रेडिङ समूह ०.३५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०७ प्रतिशत, अन्य समूह १.९२ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०६ प्रतिशत घटेको छ ।

यस्तै, होटल एण्ड टुरिजम समूह ०.९४ प्रतिशत, विकास बैंक समूह ०.२१ प्रतिशत, निर्जीवन बीमा समूह ०.७९ प्रतिशत, जीवन बीमा समूह ०.५९ प्रतिशत, हाइड्रोपावर समूह ०.४६ प्रतिशत, फाइनान्स समूह १.३१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०४ प्रतिशतले बढेको छ ।

बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १२ करोड २७ लाख ५ हजार ६५६ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख ५४ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार नेप्से ओरालो लागेपनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत, अपर हेवीखोलाको ६.५८ प्रतिशत र महुली लघुवित्तको सेयर मूल्य ५.८४ प्रतिशत बढेको छ ।

Share News