गोल्डन ओक १२औं कृति अवार्डसमा घोषणा भए ५ वटा मनोनयन

<p>काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को बिधामा ५ वटासम्मका मनोनयनहरु घोषणा गरिएको छ । विभिन्न ३१ वटा बिधामा परेको ४२५ मनोनयनहरुमध्ये उत्कृष्ट ५ वटासम्मका मनोनयनहरु एक कार्यक्रमबीच घोषणा भएको हो । १२औं कृति अवार्डस् २०७९को तीन शीर्षकमध्ये मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट-५, तथा टेक्निकल र क्याम्पेन शीर्षक [&hellip;]</p>

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को बिधामा ५ वटासम्मका मनोनयनहरु घोषणा गरिएको छ । विभिन्न ३१ वटा बिधामा परेको ४२५ मनोनयनहरुमध्ये उत्कृष्ट ५ वटासम्मका मनोनयनहरु एक कार्यक्रमबीच घोषणा भएको हो ।

१२औं कृति अवार्डस् २०७९को तीन शीर्षकमध्ये मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट-५, तथा टेक्निकल र क्याम्पेन शीर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट ३/३ छनौटहरुको आज घोषणा गरिएको थियो । यस गोल्डन ओक १२औं कृति अवार्डसमा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४ सय २५ वटा नोमिनेसन दर्ता गराएको नेपाल विज्ञापन संघले जानकारी दिएको छ ।

संघका अनुसार गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटल सोल्टिमा भदौ २५ गते शनिवार हुँदैछ । गोल्डन ओक १२औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ ।

त्यसैगरी, कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ्ग पार्टनरका रुपमा मुक्तिनाथ विकास बैंक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइटीपीएफ, प्रभु बैक, सेफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् ।

कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभी एचडीले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आनबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

Share News