नेपाल वेयरहाउजिङ्ग कम्पनीले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

<p>काठमाडाैं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधरणकाे लागि सेयर जारी गर्ने भएकाे छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि जारी गर्ने लागेकाे छ । कम्पनीले यसकाे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र  कम्पनीको [&hellip;]</p>

काठमाडाैं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधरणकाे लागि सेयर जारी गर्ने भएकाे छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि जारी गर्ने लागेकाे छ ।

कम्पनीले यसकाे लागि निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र  कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।

नेपाल वेयरहाउजिङ्ग कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित भएकाे संस्था हाे ।

 

Share News