काठमाडौं । जीवन बीमा व्यवसाय एक महिनामै १४ प्रतिशत बढीले घटेको छ । बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले गत असारको तुलनामा साउनमा १४.८२ प्रतिशतले प्रिमियम घटाएका हुन् ।
१९ जीवन बीमा कम्पनीले साउन महिनामा मात्रै १५ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा २ अर्ब ६१ करोड रुपैयाँले घटी हो । गत असारमा कम्पनीहरुले १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।
समीक्षा अवधिमा ४ कम्पनीबाहेक सबै जीवन बीमा कम्पनीको प्रिमियम घटेको छ । प्रिमियम बढाउनेमा राष्ट्रिय बीमा संस्थान आक्रामक देखिएको छ । सरकारको स्वामित्व रहेको संस्थानले एक महिनामै ३०.४८ प्रतिशतले बीमाशुल्क बढाएर ५० करोड २० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन प्रतिशतको आधारमा सर्वाधिक हो ।
त्यस्तै, गुराँस लाइफले १६.०८ प्रतिशत, मेट लाइफले ७.६१ प्रतिशत र नेपाल लाइफले १.८९ प्रतिशतले बीमाशुल्क बढाएका छन् भने बाँकी सबैको घटेको हो । प्रतिशतको आधारमा सबैभन्दा बढी घटाउनेमा प्रभु लाइफ छ । प्रभु लाइफले एक महिनामा ५७.७३ प्रतिशतले प्रिमियम घटाएर २३ करोड ४४ लाख रुपैयाँमा सीमित देखिएको छ ।
यता रकमको आधारमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा छ भने कम प्रिमियम संकलन गर्नेमा महालक्ष्मी लाइफ रहेको छ । नेपाल लाइफले ४ अर्ब ७७ करोड र महालक्ष्मी लाइफले १६ करोड ४६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै, ज्योति र गुराँस लाइफबीच दह्रो टक्कर देखिएको छ । ज्योतिले ४० करोड ३८ लाख र गुराँसले ४० करोड ३७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तर गत महिनाको तुलनामा ज्योतिको बीमाशुल्कदर घट्दो छ भने गुराँसको भने बढ्दो छ ।
कुनले बढाए कुनले घटाए ?