एनटीसीलाई बनाइँदै सेयर बजारमा खेल्ने अस्त्र

<p>काठमाडौं । दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयरलाई खेल्ने अस्त्रका रुपमा प्रयोग गरिरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कम्पनीको सेयर प्रत्येक दिन धेरै कारोबार भइरहँदा चलखेल भएको आंशका समेत लगानीकर्ताले गरेका हुन् । एउटै ब्रोकरबाट कम्पनीको सेयर धेरै खरिद बिक्री भइरहेको छ । कम्पनीको सेयर कुनै एक ब्रोकरबाट धेरै खरिदबिक्री हुँदा सेयरमा चलखेल [&hellip;]</p>

काठमाडौं । दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयरलाई खेल्ने अस्त्रका रुपमा प्रयोग गरिरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कम्पनीको सेयर प्रत्येक दिन धेरै कारोबार भइरहँदा चलखेल भएको आंशका समेत लगानीकर्ताले गरेका हुन् ।

एउटै ब्रोकरबाट कम्पनीको सेयर धेरै खरिद बिक्री भइरहेको छ । कम्पनीको सेयर कुनै एक ब्रोकरबाट धेरै खरिदबिक्री हुँदा सेयरमा चलखेल गर्न खोजिएको आरोप एक लगानीकर्ताले लगाए ।

कम्पनीको एक साताको अवधिमा साढे ६ लाख कित्ता खरिदबिक्री हुँदा ५८ करोड रुपैयाँ बढी कारोबार भएको छ । भदौ १२ गतेदेखि भदौ १७ गतेसम्म एक साताको अवधिमा एनटीसीको ६ लाख ५० हजार ६६५ कित्ता सेयर ३ हजार २३५ पटक खरिद बिक्री हुँदा ५८ करोड ८७ लाख ५० हजार ६७५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

शुक्रबार मात्रै धेरै कारोबार र धेरै कित्ता खरिद बिक्री हुने कम्पनीमा एनटीसी नै अग्रस्थानमा छ । शुक्रबार कम्पनीको १ लाख ११ हजार ७०४ कित्ता सेयर ४१५ पटक किनबेच हुँदा १० करोड ४ लाख ९८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ०.३३ प्रतिशत घटेर ९१२ रुपैयाँ कायम भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ५२ हप्ताको अवधिमा कम्पनीको अधिकतम सेयर मूल्य १७९९.९० रुपैयाँ र न्यूनतम सेयर मूल्य ८२८.५० रुपैयाँ थियो । शुक्रबारको सेयर कारोबारका आधारमा कम्पनीको बजार पूँजीकरण १ खर्ब ६४ अर्ब १६ करोड रुपैयाँ बराबर रहेको छ ।

एक साताकाे तथ्याङ्क हेर्दा एनटीसीको सेयर खरिद बिक्री ब्रोकर नम्बर ५८ मार्फत् धेरै भइरहेकाे छ । कम्पनीको सेयर सर्कुलर ट्रेडिङ भएको पनि बुझ्न सकिने एक लगानीकर्ताले बताए । ब्रोकर नम्बर ५८ बाट अर्काे ब्रोकरमा पास गर्ने, अर्काे ब्रोकरबाट अर्काे ब्रोकरमा पास गर्ने र अर्काे ब्रोकरबाट पुनः ब्रोकर नम्बर ५८ मा आएको हुन सक्ने लगानीकर्ताको बुझाइ छ ।

‘मार्केट अप्रेटरले एनटीसीलाई ९ सय रुपैयाँको रेञ्जमा राख्न खोजे जस्तो देखिन्छ, केही दिनदेखि एनटीसीको सेयर मूल्य ९ सयभन्दा तल जान नदिएको देखिन्छ, यदि ९ सय भन्दा कम भयो भने पम्प गरेर माथि पुर्याउने क्रियाकलाप एनटीसीमा भएको छ,’ ती लगानीकर्ताले भने, ‘पहिला एनटीसी बिक्री गरिरहेको देखिन्छ तर सर्कुलर ट्रेडिङ भएको जस्तो देखिन्छ ।’

यस्तै, अर्का लगानीकर्ताले एनटीसीलाई कहिले उचाल्ने कहिले पाछार्ने काम भइरहेको धारणा राखे । एनटीसीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेको उनको बुझाइ छ । कम्पनीकाे सेयर नबढ्दा बजार नबढेको भन्दै मूल्य बढाउन खोजिएको उनकाे तर्क छ ।

‘एनटीसीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेका छन्,  कम्पनीकाे सेयरमूल्य नबढ्दा सेयर बजार बढ्न सकेन, अहिलेको मार्केटको टार्गेट एनटीसी बढाउने हो, केही लगानीकर्ताले एनटीसीकाे सेयर मूल्य बढ्यो भने फाइनान्स बढ्छ भन्ने आश गरेका छन,’ उनले भने, ‘एनटीसीमा चलखेल भएको हो, अझैं चलखेल गर्न खोजिरहेका छन्, सेयर मूल्य ९५० रुपैयाँ बढी पुगेको स्टक घटाएर ९ सय भन्दा तल झारे, यो भन्दा ठूलो चलखेल केही हुँदैन ।’

अहिले मार्केटको सेन्टिमेन्ट नै बिगार्ने काम भइरहेको रहेको बताउँदै ती लगानीकर्ताले ठूला र अग्रज लगानीकर्ता मार्केटबाट बाहिर नै हुँदा सेयर बजार घटेको धारणा राखे ।

Share News