स्टक एक्सचेञ्जमा लगानी गर्न निजी क्षेत्रलाई खुल्यो बाटो, ३ अर्बको पुँजी, सरकारको स्वामित्व शून्य

<p>काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज ल्याउनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रक्रिया अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न लाइसेन्स प्रदान गर्न नियमावली संशोधन गरेर अर्थमन्त्रालय पठाएको हाे । सेबाेनका ध्यक्ष रमेश हमालले नयाँ स्टक सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएकाे बताएका छन् । बोर्ड सञ्चालक समितिले नयाँ स्टकलाई लाइसेन्स दिन धितोपत्र बजार सञ्चानलन [&hellip;]</p>

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज ल्याउनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रक्रिया अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न लाइसेन्स प्रदान गर्न नियमावली संशोधन गरेर अर्थमन्त्रालय पठाएको हाे ।

सेबाेनका ध्यक्ष रमेश हमालले नयाँ स्टक सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएकाे बताएका छन् । बोर्ड सञ्चालक समितिले नयाँ स्टकलाई लाइसेन्स दिन धितोपत्र बजार सञ्चानलन नियमावली, २०६४ संसोधन गरी अर्थमन्त्रालय पठाएको उनले जानकारी दिए ।

बोर्डले पठाएको नियमावली संशोधन मन्त्रिपरिषद बैठकबाट पारित भएमा नयाँ स्टक सञ्चालन गर्न प्रक्रिया अघि बढ्नेछ । नियमावली संशोधन गरेर अघिल्लो साता मन्त्रालयमा पठाएको र मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेपछि कार्यान्वयन गर्ने अध्यक्ष हमालले बताए । यसअघि स्टक संचालन गर्न ५ करोड पूँजी हुनुपर्नेमा बढाएर ३ अर्ब पुर्याएको उनले बताए ।

‘यसअघि ५ करोड पूँजी हुनुपर्ने व्यवस्था हुँदा हाँस्यास्पद थियो, ५ करोडले स्टक चल्दैन्, यसलाई बढाएर पूँजी ३ अर्ब पुर्याएको छ,’ अध्यक्ष हमालले भने, ‘बैंक तथा वित्तीय संस्था र धितोपत्र व्यवसायी सेयरहोल्डर बन्न पाउँछन्, व्यक्तिलाई नयाँ स्टकको लाइसेन्स दिइने छैन, प्राइभेट कम्पनी वा पब्लिक लिस्टेड कम्पनी सेयर होल्डर बन्न पाउनेछन् ।’

राष्ट्र बैंक र बीमा समितिको नियम अनुसार नयाँ आउने स्टकमा एउटा कम्पनीको १५ प्रतिशत सेयर होल्ड राख्न पाइने व्यवस्था मिलाइएको अध्यक्ष हमाले बताए । यसअघि एउटा कम्पनीको अधिकतम १० प्रतिशत सेयर लगानी गर्न पाइने व्यवस्था थियो ।

‘नयाँ स्टकमा सरकारी संस्थाको लगानी हुँदैन, पब्लिक र निजी कम्पनीको मात्रै सेयर हुन्छ, अनि मात्रै बजारको विकास हुन्छ, त्यसपछि नेप्सेले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, अहिले यो अर्थमन्त्रालयको विभाग भएर चलिरहेको छ,’ उनले भने, ‘अब दक्ष र अन्तर्राष्ट्रिय स्तरको टेक्नोलोजी भएको स्टक आएमा नेप्से पनि प्रतिस्पर्धी हुनुपर्छ ।

२०७४ सालमा बजारलाई नयाँ स्टक चाहिन्छ भनेर बोर्डले निर्णय गरेको उनले बताए । २०७० सालमा बोर्डले यसबारे अध्ययन गरेको थियो । पछिल्लो ३ महिनादेखि बोर्डले यस विषयमा काम गरेर अघिल्लो हप्ता मात्रै मन्त्रालयमा पठाएको र मन्त्रीपरिषदको बैठकले निर्णय गरेपछि अगाडी बढ्ने उनले बताए । आफ्नो कार्यकालमा पूँजी बजारमा ऐतिहासिक काम हुने उनको तर्क छ ।

‘सरकारले साथ दियो भने मेरो कार्यकालभित्र नयाँ स्टक सञ्चालनमा आउँछ किनभने नयाँ स्टक बिना बजारको विकास सम्भव भएन, मेरै पालामा सबै ऐतिहासिक काम हुन्छन्,’ उनले भने, ‘मेरो २ वर्षको कार्यकालमा लगानीकर्ताका सबै माग पुरा गर्छु, मेरुदण्ड बनेपछि ढाड सिधा गराउनुपर्छ, अनि मात्रै मान्छे सिधा हिड्न थाल्छ, हातखुट्टा बलिया बनाएपछि सबल हुन्छ ।’

यसमा नेप्सेको फरक धारणा रहेको छ भन्ने प्रश्नमा अध्यक्ष हमालले भने, ‘नेप्से सरकारी संस्था हो, नयाँ स्टक ल्याउनमा सरकारको फरक धारणा छैन्, अर्थमन्त्रालयले नै नेप्सेलाइ सुधार गर्न चाहेको छ, पहिलादेखि सुधार गर्न चाहेको भएपनि सुधार गर्न सकेको छैन्, नेप्से सुध्रिएको अवस्था छैन्, अब प्रतिस्पर्धाले सुधार हुन्छ ।’

निजी क्षेत्रलाई बाटो खुल्यो

अब स्टक एक्सचेञ्जमा व्यापारिक घरानालाई पनि बाटो खुलेको छ । यसअघि पनि बाराम्बार स्टक एक्सचेञ्जमा निजी क्षेत्रको लगानी हुनु पर्ने माग गरिँदै आएको थियो । अब भने सेबोनले त्यो बाटो खुला गरिदिएको हो ।

हमालले अब प्रतिस्पर्धाको आधारमा नयाँ स्टक एक्सचेञ्जका लागि अनुमति दिने बताएका छन् । उानका अनुसार जुनसुकै क्षेत्रमा पनि निजी क्षेत्रका प्रवेश हुँदा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने धारणा पनि राखे ।

स्टक एक्सचेन्जका लगानी गर्नका लागि विभिन्न व्यामपारिक समूह इच्छुक छन् । यसअघि बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी र सूचीकृत भएका कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था भएकोमा अब त्यो व्यवस्था हटाइएको हो । चुनाव आउन केही महिना मात्रै बाँकी रहँदा नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अगाडि बढाउँदा धेरैले शंसय व्यक्त गरेका छन् ।

Share News