काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल आरोहरणम गर्न लागेकी ओरोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । सो सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
यसअघि सगरमाथासहित नेपालको ८००० मिटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढी सकेकी श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नु गरे । र, ओरोही पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् ।
गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् ।