खप्तड लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने ?

<p>काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्थाकाे आइपिओ बाँडफाँड सम्पन्न भएकाे छ । साेमबार  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले सर्वसाधरणकाे लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा एक लाख २३ हजार ४०० कित्तकाे लागि १८ लाख ८३ हजार ११८ वटा आवेदन परेकाे थियाे । आवेदन मध्ये दोहोरो आवेदनका [&hellip;]</p>

काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्थाकाे आइपिओ बाँडफाँड सम्पन्न भएकाे छ । साेमबार  कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधरणकाे लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा एक लाख २३ हजार ४०० कित्तकाे लागि १८ लाख ८३ हजार ११८ वटा आवेदन परेकाे थियाे ।

आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १७ लाख ८३ हजार ७४ जना थिए । जस मध्येबाट १२ हजार ३४० जनालाई १०-१० कित्ता परेकाे छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने छ ऽ

Share News