काठमाडाैं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।