काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद दाहालले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका छन् । उनले नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएकाले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएका हुन् ।
सांसद दाहालले कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको अवस्थामा अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए ।
उनले नयाँ ल्याउनुभन्दा पनि हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्ने बताए ।