बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा, आत्मनिर्भर पनि भइने

<p>काठमाडौं । अब बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा पाइने भएको छ । बजाजको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजनाअन्तर्गत उक्त अफर दिने भएको हो । &#8216;यसपालीको चाड, उपहारसंगै स्वरोजगार&#8217; नामक यो योजना अन्तर्गत बजाजको म्याक्सिमा सी (सामान बोक्ने अटो) वा बजाज आरई बीएस६ (मान्छे बोक्ने अटो) किन्दा ३२ [&hellip;]</p>

काठमाडौं । अब बजाजको अटो किन्दा एलईडी टिभी र स्मार्ट फोन सित्तैमा पाइने भएको छ । बजाजको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजनाअन्तर्गत उक्त अफर दिने भएको हो ।

‘यसपालीको चाड, उपहारसंगै स्वरोजगार’ नामक यो योजना अन्तर्गत बजाजको म्याक्सिमा सी (सामान बोक्ने अटो) वा बजाज आरई बीएस६ (मान्छे बोक्ने अटो) किन्दा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ२२ स्मार्ट फोन पाइने छ ।

‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ, उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो, यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाजको म्याक्सिमा सी वा बजाज आरई बीएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।’ हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने ।

यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जानकारी गराएको छ ।

Share News