एक अर्बभन्दा कम रकमको सेयर कारोबार, एनटीसीको सर्वाधिक

<p>काठमाडौं । बुधबारको बजारमा एक अर्बभन्दा कम रकमको सेयर कारोबार भएको छ । सो दिन ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार घटेको बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड १५ लाख रुपैयाँ बराबरकोे सेयर कारोबार भएको हो । जसको सेयर मूल्य [&hellip;]</p>

काठमाडौं । बुधबारको बजारमा एक अर्बभन्दा कम रकमको सेयर कारोबार भएको छ । सो दिन ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार घटेको बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड १५ लाख रुपैयाँ बराबरकोे सेयर कारोबार भएको हो । जसको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा स्थिर अर्थात प्रतिकित्ता ८७० रुपैयाँ नै छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । दिनभर ४ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०४ रुपैयाँ पुगेको छ । उक्त मूल्य अघिल्लो दिनको तुलनामा १८.८० रुपैयाँले घटी हो ।

कारोबारसँगै सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । परिसूचक एकैदिन ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो ।

घटेको बजारमा सबैभन्दा बढी सनराइज फर्ष्ट म्यूचुअल फण्डको मूल्य बढेको छ । फण्डले लाभांशको लागि बुक क्लोजको मिति तय गरेसँगै सेयर मूल्य ७.७२ प्रतिशतले बढेर प्रतिइकाई ११.५८ रुपैयाँ पुगेको छ ।

यता सबैभन्दा बढी प्राइम बैंकको ऋणपत्रको भाउ घटेको छ । १० प्रतिशत प्राइम डिबेन्चर २०८८ को मूल्य ५.८८ प्रतिशतले घटेर ९२२.४० रुपैयाँमा झरेको छ ।

Share News