नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वोर्कसप’ सम्पन्न

<p>काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने &#8216;इम्प्लोयी स्किल इन्हान्समेन्ट वाेर्कसप&#8217; सम्पन्न गरेकाे छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । पोखरामा सम्पन्न भएको कार्यक्रममा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव [&hellip;]</p>

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सकाे तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट वाेर्कसप’ सम्पन्न गरेकाे छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

पोखरामा सम्पन्न भएको कार्यक्रममा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायबाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागी कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गरेकी थिइन् भने नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जोखिमाङ्कन प्रक्रृयाको महत्वको बारेमा जानकारी दिएका थिए ।

साथै, वर्कशपमा कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

Share News