काठमाडौं । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्ज आवश्यक नभएको भन्दै बताएको छ । बिहीबार नेप्से कर्मचारी संघले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ स्टक आवश्यक नरहेको तर नेप्सेको पुनः संरचना गरी सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने बताएको हो ।
नेप्से कर्मचारी संघले नयाँ स्टक आवश्यक नरहेका विभिन्न ८ वटा आधार सहित नेप्सको सुधारका लागि आवश्यक सुझाव समेत दिएको छ ।
बिहीबार जारी गरिएको विज्ञिप्तमा विश्वभर स्टक मर्जर भइरहेको, अर्थतन्त्रको आकार सानो, पूँजी बजार संवेदनशिल क्षेत्र, पूँजी बजार विकासको निर्धारक स्टक एक्सचेञ्जको संख्या नभएको, बैक, बीमा, टेलिकम जस्ता व्यावसायिक स्टक एक्सचेञ्ज नभएको भन्दै नयाँ स्टक आवश्यक नरहेको नेप्से कर्मचारी संघले बताएको छ ।
यस्तै, धेरै स्टक एक्सचेञ्ज खोल्दा प्रतिस्पर्धा नहुने, नेप्से सरकारलाई सुनको अण्डा दिने कुखुरो रहेको, धितोपत्र बोर्डसँग दुई वटा स्टक एक्सचेञ्ज नियमन गर्ने स्रोत साधन पर्याप्त नभएको भन्दै नयाँ स्टक मार्केट आवश्यक नभएको कर्मचारी संघले बताएको छ ।
नेप्सेलाई टाट पल्टाएर कबाडी सामाग्रीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको कर्मचारी संघको आरोप छ । नियामक निकायका केही वरिष्ठ पात्रहरु धनाढ्य व्यापारिहरुको प्रभावमा परेर नेप्सेको अरबौंंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाटोमा हिँडेको प्रष्ट रहेको अध्यक्ष थापाले बताए ।
नयाँ स्टक ल्याउनु भन्दा नेप्सेको पुनः संरचना गर्नुपर्ने आवश्यकता रहेको संघको धारणा रहेको छ । नेप्सेको संरचनानका लागि रणनैतिक विदेशी साझेदार ल्याउनु पर्ने, धितोपत्र सम्बन्धी उपकरणहरुको विविधिकरण गर्नुपर्ने, डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास गर्नुपर्ने, एसएमई कम्पनीको सूूचीकरण गनुपर्र्ने र गैरआवाशिय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाइ भित्र्याउनुपर्ने संघको धारणा छ ।
[pdf id=350661]