‘नेप्से सुनको अण्डा दिने कुखुरो हो’

<p>काठमाडौं । नेप्से सरकालाई सुनको अण्डा दिने कुखुरो भएको नेप्से कर्मचारी संघले बताएको छ । नयाँ स्टक आवश्यक नरहेको बताउँदै नेप्से कर्मचारी संघले सरकारलाई सुनको अण्डा दिने कुखुरो भएको बताएको हो । सरकारले हाल ४४ वटा सार्वजनिक संस्था सञ्चालन गरिरहेको भएपनि सबैभन्दा उत्कृष्ट संस्था नेप्से रहेको संघले बताएको छ । थोरै पूँजी लगानी गरेर अर्बाै [&hellip;]</p>

काठमाडौं । नेप्से सरकालाई सुनको अण्डा दिने कुखुरो भएको नेप्से कर्मचारी संघले बताएको छ । नयाँ स्टक आवश्यक नरहेको बताउँदै नेप्से कर्मचारी संघले सरकारलाई सुनको अण्डा दिने कुखुरो भएको बताएको हो ।

सरकारले हाल ४४ वटा सार्वजनिक संस्था सञ्चालन गरिरहेको भएपनि सबैभन्दा उत्कृष्ट संस्था नेप्से रहेको संघले बताएको छ । थोरै पूँजी लगानी गरेर अर्बाै रुपैयाँ आम्दानी गर्ने भएकाले नयाँ स्टक ल्याउँदा नेप्से समस्यामा पर्ने बताएको हो ।

‘हाल सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्ट संस्था हो, यो सरकारको बहुमुल्य सम्पत्ति हो, सरकारले गरेको केवल ५०÷६० लाख रुपैयाँ पूँजी लगानीलाई नेप्सेले निरन्तरको आम्दानीबाट बढाएर १ अर्व चँुक्ता पूँजी पुर्याएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको, ‘सरकारको लगानीमा उच्चतम प्रतिफल दिने यो अग्रणी संस्था हो, यसले सरकारलाई बर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश प्रदान गर्दै आएको छ, नेप्सेको यो वित्तीय अवस्था र प्रगति निजी क्षेत्रलाई समेत ईष्र्यालाग्दो विषय बनेको छ, विदेशीकोे पनि साझेदार बन्ने रहर छ ।’

यस्तै, स्टक एक्सचेञ्जलाई बैंक, बीमा, टेलिकम जस्तो व्यावसायिक संस्थासँग तुलना गर्न नमिल्ने संघको धारणा छ । स्टक एक्सचेञ्ज नियमनकारी निकाय भएकाले बैंक, बीमा र टेलिकम जस्ता संस्थासँग तुलना गर्न नमिल्ने कर्मचारी संघको तर्क छ ।

‘स्टक एक्सचेञ्ज सञ्चालन भनेको नाफा उद्देश्य प्रधान भएको विशुद्ध व्यावसायिक गतिविधि हुँदै होइन, स्टक एक्सचेञ्ज विशुद्ध वजार सञ्चालन मात्रै होईन यो नियमनकारी निकाय पनि हो, स्टक एक्सचेञ्जहरुलाई ‘फ्रन्टलाइन रेगुलेटर’ भनिन्छ, स्टक एक्सचेञ्जहरुले लगानीकर्ताको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिरहेका हुन्छन्,’ संघले भन्यो, ‘ब्रोकरहरुको नियमन, अनुगमन, सुपरिवेक्षण गरेका हुन्छन्, यस्तो नियमनकारी सञ्चालनमा कहीँ पनि प्रतिस्पर्धा हुदैन, सञ्चालनमा निहित यही नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा छैन, बैंक, बिमा, टेलिकम जस्ता व्यावसायिक संस्थासँग जोडेर स्टक एक्सचेञ्ज पनि त्यस्तै हो भन्नु दिउसै अध्याँरो बनाउन खोज्नु मात्रै हो ।’

Share News