काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तले ६२ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
लघुवित्तको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले असोज २७ गतेसम्म आवेदन दिन सक्नेछन । लघुवित्तको उक्त सेयरमा एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लघुवित्तको उक्त सेयरमा बोलकबोल गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन । बोलपत्र असोज २८ गते शुक्रबार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा खोलिनेछ ।