काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिआश्वा शुल्क घटाएपछि निशुल्क सेवा दिने बैंकहरुको संख्या थप हुँदै गएका छन । एकपछि अर्काे गर्दै बैंकहरुले सिआश्वा शुल्कलाई निशुल्क सेवा दिने भएका हुन ।
सिआस्वा शुल्क नलिने बैंकको संख्या ७ पुगेको हो । जसमध्ये सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निशुल्क सेवा दिने भएका हुन ।
एक सय रुपैयाँसम्म शुल्क लिएको गुनासो बढ्दै गएपछि सेबोनले शुल्क घटाउँदै अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको थियो । केही बैंकहरुले पहिला पनि शुल्क लिने गरेका थिएनन् । अहिले सिआश्वा शुल्कलाई निशुल्क गर्ने बैंकको संख्या बढेको हो ।
अब लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद सेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु नपर्ने भएको हो ।