काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता भएको छ । इनस्योरेन्स र अस्पतालबीच इनस्योरेन्सका ग्राहकलाई नगदरहित उपचार सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र अस्पतालका अध्यक्ष डा। भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार इनस्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन् ।