काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाहेक नयाँ स्टक एक्सचेन्ज स्थापना गर्दा चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने गरी धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको संशोधनमा नयाँ स्टक एक्सचेञ्ज चुक्ता पूँजी ३ अर्ब हुनु पर्ने व्यवस्था मिलाएको हो । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो ।
नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएको २ वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था मिलाएको छ । अब आउने नयाँ स्टकको सेयर सर्वसाधारणले पनि पाउने भएका हुन् ।
नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था गरिएको छ । यस्तै, पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरेको छ ।
[pdf id=351459]