विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ, रेमिट्यान्स बचत खातामार्फत् मात्रै भुक्तानी गर्नु पर्ने

<p>काठमाडौं । आईपीओ निष्काशन गर्ने कम्पनीले १० प्रतिशत सेयर नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली २०७९ सार्वजनिक गर्दै श्रम स्वीकृति प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आईपीओमा आवेदन दिन पाउने [&hellip;]</p>

काठमाडौं । आईपीओ निष्काशन गर्ने कम्पनीले १० प्रतिशत सेयर नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली २०७९ सार्वजनिक गर्दै श्रम स्वीकृति प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आईपीओमा आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नु पर्नेछ,’ संशोधन गरेको नियमावलीमा उल्लेख गरिएको छ ।

यस्तै, निष्काशित सेयरमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत् मात्र भुक्तानी गर्नु पर्ने भएको हो । सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने ब्यबस्था नियमावलीले गरेको हो ।

[pdf id=351468]

Share News