धितोपत्र दलालको पूँजी ६० करोड र व्यापारीको पूँजी १५० करोड रुपैयाँ हुनुपर्ने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र व्यवसायाी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथौ संशोधन) २०७९ सार्वजनिक गरेको छ । यो नियमावली लागु भएको ३ वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी नयाँ अनुमति पत्रको लागि आवेदन खुला गर्नेछ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि नियमावली प्रारम्भ भएको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र व्यवसायाी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथौ संशोधन) २०७९ सार्वजनिक गरेको छ ।

यो नियमावली लागु भएको ३ वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी नयाँ अनुमति पत्रको लागि आवेदन खुला गर्नेछ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि नियमावली प्रारम्भ भएको ३० दिनको समय दिएर इच्छुक संगठित संस्था वा कम्पनीबाट धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि मात्रै आवेदन खुला गर्नेछ ।

नियमावलीको ३ को उपनियम १ मा धितोपत्र व्यवसायीले पुर्वाधार तयार पार्दा बोर्डलाई जानकारी गराउनु पर्नेछ । सोही व्यवस्थाको उपनियम २ मा तोकिएको समयभित्र न्यूनतम पूर्वाधार तयार नभएमा आवेदन रद्द हुने व्यवस्था मिलाएको हो ।

अनुसूची ९ अनुसार धितोपत्र दलाल सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ४० करोड रुपैयाँ र धितोपत्र व्यापारीका लागि १५० करोड रुपैयाँ चुक्ता पूँजी हुनेगरी नियमावली संशोधन गरिएको हो ।

यो नियम प्रारम्भ हुँदा सञ्चालनमा रहेका धितोपत्र दलाल तथा व्यापारीले २०८२ असार मसान्तभित्र तोकिएको चुक्ता पूँजी वृद्धि गर्न सक्नेछन् । मर्जर तथा एक्विजीशनमार्फत् पूँजी वृद्धि गर्न सक्ने भएका छन् ।

[pdf id=351599]

Share News