काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ भदौ २८ गते मंगलबार बाँडफाँट सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओ अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओको नतिजा निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, सहनिष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाइटबाट हेर्न सकिनेछ ।
कम्पनीको सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं.६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए ।
कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।