काठमाडौं । आशा लघुवित्तले संस्थथापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तको उक्त सेयर योग्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने छन् । लघुवित्तको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सकिनेछ ।
लघुवित्तको संस्थापक सेयर बिक्री विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लघुवित्तको सेयरमा लगानीकर्ताले असोज ४ गतेदेखि असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।