काठमाडौं । सानिमा क्यापिटलले आफ्नो साधारण सभा आह्वान गरेको छ । कयापिटलले सातौं वार्षिक साधारणसभा असोज २६ गते बोलाएको हो ।
क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २६ गते रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल–१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।
क्यापिटलको सभाले सेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेको १५.७८९ प्रतिशत अर्थात् ३ करोड ९४ लाख ७३ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
