काठमाडौं । निरन्तरको ओरालो लागेको सेयर बजारमा मंगलबादेखि भने हरियाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४९.८० अंकले बढेर १९८२.८९ अंकमा कारोबार भइरहेको छ ।
साढे २ बजेसम्म नेप्से परिसूचकबढेसँगै कारोबार रकम पनि बढेको छ । २२५ कम्पनीको ३४ लाख ९९ हजार ६५५ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १० करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै नेप्सेमा रहेको म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो ।
पछिल्लो समय आर्थिक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेको र चाडपर्वको समय नजिक आउन लागेपछि सेयर बजार बढ्ने सेयर जानकारहरु बताउँछन् । साथै केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।