सेयर बजार उकालो यात्रामा, नबिल बैंकको सर्वाधिक सेयर कारोबार

<p>काठमाडौं । दशैं तिहार चाडपर्व नजिकिएसँगै पूँजी बजारमा हरियाली छाएको छ । नेपालको अर्थतन्त्रक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेपछि पनि सेयर बजार बढेको लगानीकर्ताहरु बताउँछन् । यस्तै, केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सकारात्मक प्रभाव सेयर बजामा नै थालेको सेयर जानकारहरु बताउँछन् । सेयर बजार उकालो लाग्ने संकेत देखेपछि कारोबार रकम पनि बढिरहेको [&hellip;]</p>

काठमाडौं । दशैं तिहार चाडपर्व नजिकिएसँगै पूँजी बजारमा हरियाली छाएको छ । नेपालको अर्थतन्त्रक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेपछि पनि सेयर बजार बढेको लगानीकर्ताहरु बताउँछन् ।

यस्तै, केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सकारात्मक प्रभाव सेयर बजामा नै थालेको सेयर जानकारहरु बताउँछन् । सेयर बजार उकालो लाग्ने संकेत देखेपछि कारोबार रकम पनि बढिरहेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो ।

आज दिनभरिमा २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ पटक खरिदबिक्री हुँदा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक समूह ४.८२ प्रतिशत, फाइनान्स समूह ५.९३ प्रतिशत, होटल तथा पर्यटन समूह २.५६ प्रतिशत, जलविद्युत समूह ३.६२ प्रतिशत, लगानी समूह २.५५ प्रतिशत, जीवन बीमा समूह १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२७ प्रतिशत, लघुवित्त समूह २.४३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२४ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, ब्यापार समूह ५.७५ प्रतिशत र अन्य समूह २.९ प्रतिशतले बढेको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंक सेयर मूल्य १० प्रतिशत, लिवर्टी इनर्जीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोको सेयर मूल्य ७.८१ प्रतिशत बढेको छ । यस्तै, एनआईसी एशिया फ्लेक्स क्याप फण्डको सेयर मूल्य भने १० प्रतिशत घटेको छ ।

यस्तै, नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ७ हजार ७२२ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख ४७ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News