
काठमाडौं । नेक्स्ट स्मार्ट सपिङ कम्पनीको पहिलो नयाँ शाखा कपनमा खुलेको छ । नेपालकै पहिलो स्मार्ट सपिङका रुपमा रहेको उक्त आउटलेट बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा खुल्लेर सञ्चालनमा आएको छ । कम्पनीले शनिबार उद्घाटन गर्दै उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
चार जानले साझेदारी गरेर उक्त सपिङ खोलेको नेक्स्ट स्मार्ट सपिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज भाइ श्रेष्ठले जानकारी दिए । नेक्स्ट स्मार्ट सपिङ नयाँ अवधारणासहित खोलिएको छ । सीईओ श्रेष्ठका अनुसार संरचना सहित ५ करोड रूपैयाँको लगानिमा ऊक्त शाखा सञ्चालनमा आएको छ ।
अस्ट्रेलियाको कोल्स र जापानको ताकाशिमाया सपिङ सेन्टरको अवधारणलाई मिसाउँदै नेपालमा पहिलो पटक नेक्स्ट स्मार्ट सपिङ शुरु गरेको पनि श्रेष्ठले बताए । सो सपिङ्ग सेटरमा किनमेल गर्दा विदेशका सपिङ सेन्टरको जस्तो अनुभूति ग्राहकले पाउने छन् । सञ्चालित उक्त स्मार्ट सपिङ ६ रोपनी क्षेत्रफल फैलिएको छ । सो स्मार्ट सपिङ प्राङ्गडमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षको जग्गामा सो स्मार्ट सपिङ निर्माण भएको हो । उक्त सपिङ सेन्टरमा बिद्युतीय गाडी चार्जिङ स्टेसन पनि जडान हुनेछ । तर, जडान भने भएको छैन । केही समय पछि चार्जिङ स्टेसको पनि जडान हुने कम्पनीको दाबी छ
के-के छन् सुविधा ?
घरको लागि चाहिने खाद्य र अन्य सम्पूर्ण (ग्रोसरी) सामान नेक्सट् स्मार्ट सपिङमा उपलब्ध छन् । स्मार्ट सपिङमा पाइने ग्रोसरीका सामानहरू स्वस्थ्यकर हुनुको साथै गुणस्तर हुने पनि श्रेष्ठको दाबी छ । यस्तै, स्मार्ट सपिङमा इलेकट्रोनिक्स सामानहरू पनि उपलब्ध छन् । कम्पनीले उद्घाटनको अवसर पारेर सामान किन्दा निश्चित छुट वा अफर पनि दिएको छ । गुणस्तरीय सेवालाई मध्यनजर गरेर स्मार्ट सपिङ खोलेको श्रेष्ठले बताए ।
नेक्स्ट सपिङ सेन्टरमा घरयासि देखि दैनिक उपभोग्य सामग्री उपलब्ध छन् । नेक्स्ट स्मार्ट सपिङ पहिलो चरणमा काठमाडौंका ५ वटा ठाउँमा खुल्ने कम्पनीले जनाएको छ । कपन पश्चात् अर्को शाखा त्यसको शाखा बौद्धमा खुल्ने पनि श्रेष्ठले बताए । बौद्धमा सो सपिङ ५ रोपनीको क्षेत्रफलमा हुनेछ । बौद्धमा स्मार्ट सपिङ निर्माण भइसकेपछि पेप्सीकोलामा खुल्नेछ । हाल उक्त ठाउँमा नेक्स्ट स्मार्ट सपिङ खोल्नको लागि संरचना तयारीको काम भइरहेको कम्पनीले जनाएको छ ।