महिला साफ च्याम्पियनसिप : साँझ ५ बजे नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै, टिकट शुल्क कति ?

<p>काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र बंगलादेश पहिलो पटक उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको [&hellip;]</p>

काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र बंगलादेश पहिलो पटक उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् ।

महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको बताइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर कायम भएको छ ।

Share News