साओमीले घटायो सम्पूर्ण मोबाइल सेटको मूल्य, कुनको कति ?

<p>काठमाडौं । नेपालको स्मार्ट फोन ब्रान्ड साओमीले आफ्नो मोबाइल सेटहरुमा मूल्य घटाएको छ । कम्पनीले चाडपर्वको अवसरमा साविक मूल्यभन्दा कम मूल्यमा मोबाइल फोन वितरण गर्ने भएको हो । यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ र रेडमी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । नेपालको स्मार्ट फोन ब्रान्ड साओमीले आफ्नो मोबाइल सेटहरुमा मूल्य घटाएको छ । कम्पनीले चाडपर्वको अवसरमा साविक मूल्यभन्दा कम मूल्यमा मोबाइल फोन वितरण गर्ने भएको हो ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ र रेडमी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि असोज २ गतेदेखि १७ गतेसम्म लागु हुनेछ ।

‘नेपालीहरुको महान चाड दशैंको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिकभन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौं, यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौं,’ साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने ।

कुनमा कति घट्यो ?

Share News