
काठमाडौं । डलरको मूल्य निरन्त बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार डलरको भाउ निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ। अब नेपालमा १ डलर साट्नको लागि १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्नेछ ।
यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा थियो। अहिले डलरको भाउ पुन सोही बिन्दुमा पुगेको छ। यसले डलरको भाउ उच्च बिन्दुमा पुग्ने देखिन्छ ।
अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरीका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको हो । पछिल्लो समय भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ ।