निफ्राका सेयरधनीलाई नगद लाभांश मात्रै

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।

Share News