रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । रु रु जलविद्युत आयोजनाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीका असोज ७ गते बैठकले सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद [&hellip;]</p>

काठमाडौं । रु रु जलविद्युत आयोजनाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीका असोज ७ गते बैठकले सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, कम्पनीको सोही दिन बसेको बैठकले आफ्नो १७ औं वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कार्तिक ४ गते साधारण सभा बोलाएको हो ।

यस्तै, कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले असोज २६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

Share News