दशैंलाई थप ३ सय बस, एक अर्ब ५० करोड लगानी

काठमाडौं २५, भदौ दसैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ।Araniko_bus

महासंघमा महासचिव सरोज सिटौलाका अनुसार दसैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ। त्यसैले एक अर्ब ५० करोड लगानी गरेर आधुनिक सुविधासम्पन्न बस थप्न लागिएको उनले जानकारी दिए।

व्यवसायीले बस थप गरेर सुविधा दिने घोषणा गरिसकेका भएपनि टिकेट खुल्ने समय भने अझै अन्यौलमा रहेको छ । दसैं आउनु महिना १५ दिन अगाडि नै टिकेट काट्ने व्यवस्थालाई सरकार र यातायात व्यवसायीबीचको विवादले यो वर्ष पनि अन्योलमा थकेलेको छ ।

गत वर्ष पनि नाकाबन्दीका कारण सवारी साधान संचालनमै समस्या भएपनि अग्रीम टिकेट काट्ने व्यवस्था थिए ।

Share News