लगानीकर्ता दिपेन्द्र अग्रवालले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने

<p>काठमाण्डौ । लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि आवेदन दिने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेसँगै लगानीकर्ता अग्रवालले आवेदन दिने तयारी गरेका हुन् । आफू ब्रोकर लाइसेन्सका लागि अनुमति माग्न बोर्डमा आवेदन दिने प्रक्रियामा रहेको उनले विकासन्युजसँग बताए । हालसम्म सेबोनमा आवेदन [&hellip;]</p>

काठमाण्डौ । लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि आवेदन दिने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेसँगै लगानीकर्ता अग्रवालले आवेदन दिने तयारी गरेका हुन् ।

आफू ब्रोकर लाइसेन्सका लागि अनुमति माग्न बोर्डमा आवेदन दिने प्रक्रियामा रहेको उनले विकासन्युजसँग बताए । हालसम्म सेबोनमा आवेदन नदिएपनि केही दिनमा दिने तयारी रहेका उनको भनाइ छ ।

कुन कम्पनीको नामबाट ब्रोकर लाइसेन्स लिने भनेर अन्तिम रुप दिइरहेको उनले बताए । रकम संकलनको तयारी गरिरहेकाले जति रकम संकलन भयाे सोही अनुसार ब्रोकर लाइसेन्सका लागि आवेदन दिने उनले बताए ।

उनले नयाँ स्टक एक्सचेञ्जका लागि भने आवेदन नदिने बताए । स्टक एक्सचेञ्जमा ठूलो विवाद भएकाले आफू विवादमा नपर्ने उनले बताए । नयाँ स्टकका लागि ठूला लगानीकर्ताले आवेदन दिन सक्ने उनको भनाइ छ ।

सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम चुक्ता पूँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारीका लागि न्यूनतम चुक्ता पूँजी १५० करोड रुपैयाँ हुनु पर्ने छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नु पर्नेछ ।

सेबोनले नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन भन्दै असोज २ गते आवेदन खुला गरेको थियो ।

नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले

Share News