काठमाडौं । असोज ११ गते मंगलबार सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरणका लागि असोज १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा असोज ११ गतेसम्म कायम सेयरधनीहरुलेमात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनी गत आवको मुनाफाबाट चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ ।